October 12, 2026
२६ आश्विन २०८३, सोमबार
October 12, 2026
२६ आश्विन २०८३, सोमबार

Health camp news

BANA द्वारा आयोजना गरिएको नियमित स्वास्थ्य शिविर कार्यक्रम अत्यन्तै उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा करिब ५० भन्दा बढी महानुभावहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुभएको थियो।

त्येसैगरि, Baltimore County को सहकार्यमा २० भन्दा बढी सहभागीहरूले Flu, COVID तथा MMR खोप निःशुल्क रूपमा प्राप्त गर्नुभएको छ, जसले समुदायमा स्वास्थ्य सुरक्षाको पहुँचलाई थप सहज र प्रभावकारी बनाएको छ।

करिब ३ घण्टासम्म निरन्तर सञ्चालन भएको यस शिविरमा उपस्थित डाक्टर तथा अनुभवी नर्सहरूद्वारा प्रदान गरिएको सेवा–भावना एवं समुदायप्रति समर्पित योगदान अत्यन्तै प्रशंसनीय रह्यो।