April 30, 2025
१७ बैशाख २०८२, बुधबार
April 30, 2025
१७ बैशाख २०८२, बुधबार

BANA र U.S. Citizenship and Immigration Services- USCIS बीच परिचयात्मक कार्यक्रम

BANA र U.S. Citizenship and Immigration Services- USCIS बीच परिचयात्मक कार्यक्रम USCIS को District Office मा सम्पन्न भएको छ।
हाम्रो नेपाली समुदायले USCIS संग कसरी निर्धक्कसंग सेवा लिन सकिन्छ भन्ने बिषयमा छलफल केन्द्रित भएको थियो। USCIS, BALTIMORE कि COMMUNITY RELATION OFFICER Miss. JUDDY KIRLIN ले बानाले गर्ने कार्यक्रहरूमा आफ्नो उपस्थित रहने जानकारी दिनुभयो। साथै USCIS का सेवा-सुबिधाहरू लिन अफ्यारो नमान्न पनि सुझाब दिनुभयो।
सोहि कार्यक्रमा बानाका अध्यक्ष सुबोध बिलास पन्तले USCIS BALTIMORE कि COMMUNITY RELATION OFFICER Miss. JUDDY KIRLIN लाई नेपाल भ्रमणको निम्तो दिदै VISIT NEPAL 2020 को पिन र वरिष्ठ उपाध्यक्ष हिरा गुरूङले बानाको पिन लगाईदिनुभएको थियो
कार्यक्रममा बाना अध्यक्ष सुबोध बिलास पन्त, बरिष्ठ उपाध्यक्ष हिरा गुरूङ, महासचिब किरण ढकाल, कार्यसमिति सदस्य अनिल गोदार, सल्लाहाकार किरण पन्त, PDRC का निर्देशक तथा बानाका संस्थागत बिकास बिभाग, संयोजक भिम बि. क, युवा तथा खेलकुद बिभाग, संयोजक दमन बिक्रम शाह, दुर्गा बा थापा, दर्शन पराजुली लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको संयोजन गर्नुहुने PDRC का निर्देशक तथा बानाका संस्थागत बिकास बिभाग संयोजक भिम बि. क ज्यू लाई बिशेष धन्यवाद।

Leave a Comment

Your email address will not be published. Required fields are marked *